शुक्रवार , माघ ९, २०८२
काठमाडौं, ९ माघ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
शुक्रवार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिनुभएको बताउनु भयो ।
उहाँकाअनुसार मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो । समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूचि प्रकाशन हुनेछ बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज देशभर जम्मा ४९ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएका छौँ ।
समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिन्छ । १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूचि प्रकाशन हुनेछ । त्यसपछि मतदानको काम मात्रै बाँकी रहनेछ ।’
प्रवक्ता भट्टराईले बन्दसूचि पेश भइसकेपछि बन्दसूचिमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको बताउनु भयो ।
उहाँकाअनुसार देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय भएकाले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने बताउनु भयो । प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुने बताउनु भयो ।
समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक फरक हुने जानकारी दिनुभयो । यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘बन्दसूचि पेश भइसकेपछि बन्दसूचिमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको छ । देशभरको मतदाता संख्या १ करोड ८९ लाख हो । त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय गरेको छ । हामीले दुई करोडमा केही बढी मतपत्र छाप्नुपर्नेछ ।
समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । बाँकी ५० लाख मतपत्र केही दिनमा सकिन्छ । त्यसलगत्तै आज प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुनेछ । समानुपातिकको मतपत्र देशभरको एउटै हुन्छ । प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक फरक हुन्छ । यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौँ ।’
मतदाता नामावलीको काम पनि निर्वाचन आयोगमा भइरहेको बताउनु भयो । ४ प्रति मतदाता नामावली छपाई गर्नुपर्नेमा एकप्रति मतदाता नामावली छापेर सबै जिल्लामा पु¥याइसकेको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
