२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देहीका पाँचवटा क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर १ मा

शुक्रवार , माघ ९, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ९ माघ । रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर १ मा रहेका छन् । त्यस्तै सबैभन्दा कम मतदाता क्षेत्र नम्बर ४ मा छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

    रुपन्देहीमा ३ लाख ४६ हजार २ सय ३ पुरुष, ३ लाख २६ हजार ३ सय ११ महिला र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा २ सय ९ मतदानस्थल र ७ सय ३२ वटा मतदान केन्द्र छन् ।

    क्षेत्र नम्बर १ मा ७३ हजार ८ सय ५४ पुरुष, ७२ हजार ९ सय ६८ महिला र २ अन्य गरी १ लाख ४६ हजार ८ सय २४ मतदाता छन् । यो क्षेत्रमा ४५ मतदानस्थल र १५९ वटा मतदान केन्द्र छन् ।

    त्यस्तै क्षेत्र नम्बर २ मा ६४ हजार २ सय ५४ पुरुष, ७० हजार ७ सय ९३ महिला र ३ अन्य गरी १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । यहाँ २४ मतदानस्थल र १३८ वटा मतदान केन्द्र छन् ।

    क्षेत्र नम्बर ३ मा ७१ हजार २ सय ५८ पुरुष, ६८ हजार ७ सय ७५ महिला र २ अन्य गरी १ लाख ४० हजार ३५ जना मतदाता छन् । यहाँ ४६ मतदानस्थल र १५७ वटा मतदान केन्द्र छन् ।

    त्यसै गरी निर्वाचन क्षेत्र नम्बर ४ मा ६६ हजार ६२ पुरुष, ५० हजार १ सय १० महिला गरी १ लाख १६ हजार १ सय ७२ मतदाता छन् । यहाँ ४८ मतदानस्थल र १३३ मतदान केन्द्र छन् ।

    क्षेत्र नम्बर ५ मा ७० हजार ७ सय ७५ पुरुष, ६३ हजार ६ सय ६५ महिला र २ अन्य गरी १ लाख ३४ हजार ४ सय ४२ मतदाता छन् । यहाँ ४६ मतदानस्थल र १४५ मतदान केन्द्र छन् ।