२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट झाँक्री, घिमिरे र केसी निर्वाचित

आइतवार , माघ ११, २०८२

  • 913
    Shares
  • 913
    Shares
  • दाङ, ११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका तीनवटै सदस्य नेपाली कांग्रेस–नेकपा एमाले–जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । 

    आइतबार साँझ मतगणना सकिएसँगै महिलातर्फ एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित हुनुभएको हो ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गर्नुभयो । उहाँको प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याउनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गर्नुभयो ।

    अपांगतातर्फ कांग्रेस उम्मेदवार बासुदेव घिमिरे ‘जंगली’ ६ हजार ३२२ मतभारसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गर्नुभयो ।

    अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभयो । उहाँका प्रतिष्पर्धी माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याउनुभयो । 

    616369675_2010034739945467_85541490049720493_n.jpg

    राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गर्नुभयो । यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य गठबन्धनबाट निर्वाचित हुनुभएको थियो ।