२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

राप्रपा ३ को चुनावी कार्यका लागि सम्पर्क कार्यालय स्थापना

सोमवार , माघ १२, २०८२

  • 301
    Shares
  • 301
    Shares
  • भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रुपन्देहीले सम्पर्क कार्यालय स्थापना गरेको छ । राप्रपा रुपन्देहीले संसदीय क्षेत्र नम्बर ३ (१) ले भैरहवामा सम्पर्क कार्यालयको स्थापना गरिएको हो । 

    सम्पर्क कार्यालयको राप्रपाका केन्द्रिय सदस्य मातृकाप्रसाद यादव, जिल्ला अध्यक्ष सागरप्रताप राणाको उपस्थितीमा क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहराले उद्घाटन गर्नुभयो । 

    सो अबसरमा बोल्दै उम्मेदवार बोहराले रुपन्देही ३ को समग्र बिकास र शुसासन प्रबद्धनका लागि राप्रपालाई जिताउनु पर्ने बताउनु भयो ।

    उहाँले रुपन्देहीका मतदाता कसैको लहर र ह्‌वीममा नलाग्ने बताउदै बिकास र समृद्धिका लागि राप्रपालाई मतदान गर्ने बताउनु भयो । उहाँले उम्मेदवारी दर्ता पछि आफु लगाएत समग्र पार्टी पंती चुनावी अभियानमा लागेको बबताउनु भयो ।