मंगलवार , माघ १३, २०८२
काठमाडौं, १३ माघ । नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहअरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको जिकिर गर्नुभयो ।
उहाँले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको समेत बताउनु भयो ।
संयोजक दाहालले भन्नुभयो, ‘अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्या, बलिदानलाई सम्मान गर्ने, त्यसको कदर गर्ने, त्यसको आधारमा सामाज निर्माणको निमित्त भ्रष्टाचार विरुद्ध अभियान चलाउने, सामाजिक न्यायको पक्षमा अभियान चलाउने र आर्थिक पछौटेपनको विरुद्ध आर्थिक विकास निम्ति अभियान चलाउने भन्दा पनि स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेको तपाई हामीले देखेका छौ ।
हामीले इतिहासको सम्मान गर्ने, विचारको सम्मान गर्ने, राजनीतिक मुल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्ने ऐतिहासिक आवश्यकता महशुस गरेर नै नेपाली कम्युनिष्ट पार्टी निर्माण प्रक्रियालाई र धुव्रिकरण र एकताको प्रक्रियालाई अगाडि बढाएका हौ ।’
संयोजक दाहालले कम्युनिष्ट, देशभक्त शक्तिहरुको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरुको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरुरी रहेको बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
