२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

अर्घाखाँचीमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

शनिवार , बैशाख १८, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • वैशाख १८,अर्घाखाँची ।

    अर्घाखाँचीमा थप एक  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा ३ का  ५० वर्षिय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा  गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

    १६ गते पीसीआर परीक्षण गर्दा एक पुरुषसहितसहित उनकी श्रीमतीको  कोरोना  रिपोर्ट पोजेटिभ आएपछि दुवै जना अस्पतालमा भर्ना भएको अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए । 

    योसहित जिल्लामा पछिल्लो एक सातामा ४ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना भारतबाट आएका थिए । हाल जिल्ला मा सक्रिय कोरोना संक्रमितको संख्या १०८ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।