२०८२, माघ १६ गते

Jan 30 2026 | २०८२, माघ १६ गते

एमालेले फागुन पहिलो हप्ता निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्छ : शंकर पोखरेल

शुक्रवार , माघ १६, २०८२

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं, १६ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताउनुभएको छ । 

    प्रेस चौतारी नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पार्नुभयो ।

    महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि पार्नु परेको बताउनु भयो । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने महासचिव पोखरेलको भनाई थियो । 

    उहाँले भन्नुभयो,‘यस पटकको चुनावमा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरिसकेपछि प्रचारको कार्यतालिका पछाडि मात्रै दियो । त्यसि अर्थमा  अहिले त आन्तरिक भेटघाट मात्रै चलिराखेको छ ।

    तर निर्वाचन प्रचार अभियान चाँही निर्वाचन आचारसंहिताका कारण सुरु हुन सकेको छैन । त्यो निर्वाचन आयोगको कार्यतालिकाको कारणले आफ्नो चुनावी घोषणा पत्र लिएर प्रचारमा जाने समय नै शुरु भएको छैन ।

    जति बेला समय शुरु हुन्छ, त्यतिबेला नेकपा एमाले चुनावी घोषणा पत्रसहित प्रश्तुत हुन्छ । र सम्भवत हामी फागुनको पहिलो हप्तामा चुनावी घोषणा पत्र जारी गर्दछौँ । र त्यो बोकेर हामी उम्मेदवारीहरु प्रचारमा जुट्दछन् ।’

    महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पु¥याउने पनि बताउनु भयो । उहाँले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको पनि स्मरण गराउनु भयो ।