२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

रुपन्देही-२ मा नेकपाको ७१७ सदस्यीय निर्वाचन परिचालन समिति

शनिवार , माघ १७, २०८२

  • 808
    Shares
  • 808
    Shares
  • बुटवल, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

    नेकपाका नेता नारायण जी.सी. (निर्मल) को संयोजकत्वमा गठित समितिको सह–संयोजकमा कमल बस्याल तथा निर्देशक अनुगमन र मत सर्वेक्षण समितिको संयोजकमा पार्टीका केन्द्रिय सदस्य राम परियार रहनुभएको छ ।

    नेकपाले बिहीबार बुटवलमा निर्वाचन परिचालन समितिको घोषणा गर्दै फागुन २१ गते हुने निर्वाचन नियमित संसदीय निर्वाचन नभइ जेनजी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएकोले सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ ।

    घोषणा कार्यक्रममा बोल्दै पार्टीका नेता एवं पूर्वमन्त्री चक्रपाणी खनाल (बलदेव) ले कांग्रेस, एमाले र नयाँ भनिएका दलहरुबाट मूलुक संकटतर्फ धकेलिने जिकिर गर्दै निर्वाचनसंगै आइरहेको दुर्घटनालाई रोक्न र जनताको अपेक्षाअनुसार विकासको खाका कोर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले रुपन्देहीका उम्मेदवारहरु आफ्नो तागत र एजेण्डाबाट विजयी भएरै छाड्ने जिकिर समेत गर्नुभयो ।

    रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुवास पाण्डे (विश्वदीप) ले कांग्रेस, एमालेको विकल्प खोज्न फागुन २१ मा चुनाव हुन लागेको उल्लेख गर्नुभयो । उहाँले जनताको अधिकार खोस्न नदिइ विकास निर्माणको अभिभारा पुरा गर्न नेकपालाई मत दिन आग्रह गरे । राजनैतिक विश्लेषक युग पाठकले चुनावभन्दा ठूलो लडाई देशलाई सम्भावित दुर्घटनाबाट जोगाउनु रहेको बताउनुभयो ।

    1000087724.jpg

    निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राम परियार, महेन्द्र अर्याल, मजदुर नेता चिनबहादुर गुरुङ्ग, नेतृ रिज्जु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३, तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ देखि ६ र सैनामैना नगरपालिकाको वडा नम्बर १ देखि ४ पर्छन् ।