आइतवार , माघ १८, २०८२
काठमाडौं, १८ माघ । पत्रकार दिनेश सिटौलाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
रास्वपा बरिष्ठ नेता बालेन शाहसंग चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।
भेन्टिलेटरमा राखेर उपचारका क्रममा आइतबार १२ः४५ बजे पत्रकार सिटौलाको निधन भएको ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले जानकारी दिनुभयो ।
सिटौलालाई गम्भीर सबअरेनहाइड हेमोरेजको लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्यूरो सर्जरी टिमद्वारा संयुक्त रुपमा आइसीयूमा निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
गम्भीर ईन्टेन्भिस केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्था र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएपछि परिवारलाई जानकारी गराइएको मेडिकल निर्देशक बिजुक्छेले बताउनुभयो ।
विशेष निगरानीका साथ उपचार गरिएपनि पत्रकार सिटौलालाई बचाउन नसकिएको भन्दै अस्पतालले दुःख समेत व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
