२०८२, माघ १८ गते

Feb 01 2026 | २०८२, माघ १८ गते

फागुनको पहिलो साता चूनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी

आइतवार , माघ १८, २०८२

  • 295
    Shares
  • 295
    Shares
  • काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चूनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

    रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चूनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभयो ।

    पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चूनावी वाचा पत्र सार्वजनिक गर्ने गरि तयारी भइरहेको उहाले बताउनुभयो ।

    उहाले पाँच बर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरि घोषणापत्र जारी हुने उल्लेख गर्नुभयो । जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको बिषय मुख्य मुद्दा हुने उहाको भनाइ छ ।

    अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरु गर्ने र त्यसका लागि नितिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राख्नुभयो ।

    त्यस्तै उहाले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।