२०८२, माघ १९ गते

Feb 02 2026 | २०८२, माघ १९ गते

मायादेवी–८ मा रास्वपाको सम्पर्क कार्यालय स्थापना

सोमवार , माघ १९, २०८२

  • 217
    Shares
  • 217
    Shares
  • भैरहवा, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार उक्त कार्यालयको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. लेखजंग थापाले रास्वपा जनताको चाहना र आवश्यकताबाट जन्मिएको दल भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिमा इमान्दारिता, पारदर्शीता र जवाफदेहीताको खाँचो रहेको बताउनुभयो । पुराना दलप्रति जनतामा बढ्दो निराशाका कारण नयाँ राजनीतिक विकल्पको खोजी भइरहेको उहाँले बताउनुभयो ।

    सम्पर्क कार्यालयलाई स्थानीय जनताको आवाज सुन्ने र समस्याको समाधानतर्फ पहल गर्ने केन्द्रका रूपमा विकास गरिने थापाले जानकारी दिनुभयो । त्यस्तै रास्वपा मायादेवी ८ का सभापति प्रशान्त कुँवरले मायादेवी–८ अहिले नै रास्वपा बनेको महसुस भइसकेको बताउनुभयो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका थिए ।