२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कारभित्र मृत भेटिएका तीन बालकको पहिचान खुल्यो

आइतवार , बैशाख १९, २०७८

दाङ, १९ वैशाख ।
दाङको तुलसीपुर ६ स्याउली बजारस्थित पार्किङ गरी राखेको भारतीय नम्बर प्लेडको कारमा मृत अवस्थामा फेला परेका तीन जना बालकको पहिचान खुलेको छ । मृत्यु हुनेमा तुलसीपुर–६ बरुवागाउँका भिम बहादुर परियारका ९ वर्षिय छोरा किरण परियार, सोही ठाउँका सन्तोस परियारका ७ वर्षिय छोरा सुवास भन्ने सुवर्ण परियार र किरण परियारका ६ वर्षिय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी शिब बहादुर सिंहले जानकारी दिए । उनका अनुसार वैशाख १६ गते इप्रकामा २ जना बच्चा हराएको भन्ने निवेदन परेको थियो । ‘१६ गते हामी कहाँ २ जना बच्चा हराएको भन्ने निवेदन आएको थियो,’ डीएसपी सिंहले भने,‘ अहिले उनीहरु यसरी गाडीमा मृत अवस्थामा फेला परे । घटनाको बारेमा थप अनुसान्धान भइरहेको छ । ’ 

मृत बच्चा भेटिएको गाडी लक भएको समेत प्रहरीले जनाएको छ । ३ जना बालक एउटै कारभित्र मृत अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न बाँकेबाट कुकुरसहितको बिशषेज्ञ टोली तुलसीपुर आइपुगेको छ ।

पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको आरजे ०१ सीसी ०८८५ कारभित्र ३ वटा बच्चा शनिबार साँझ मृत अवस्थामा फेला परेपछि त्यो घटना अनुसन्धान गर्न कुकुरसहितको बिशषेज्ञ टोली दाङ आए आएको  जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । प्रहरीले शवलाई पोष्टमार्टमका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाएको छ ।