मंगलवार , माघ २०, २०८२
भैरहवा, २० माघ । रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गरेको घोषणा गर्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी अभियानमा रहनुभएका साहले प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेको नेतृत्वमा रुपन्देही–३ को समृद्धि सम्भव रहेको निष्कर्षमा पुगेको बताउनुभयो ।
विज्ञप्तिमा उहाँले तिलोत्तमा नगरपालिकाको प्रथम नगरप्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको भूमिकाबाट प्रभावित भएको उल्लेख गर्नुभयो । सिद्धार्थनगर नगरपालिका–११ निवासी साहले आफ्ना समर्थक र शुभेच्छुक मतदातालाई एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्न आह्वान समेत गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
