२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

आइतवार , बैशाख १९, २०७८

भैरहवा, १९ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले राजीनामा दिएका हुन् ।

नेपालको संविधानको धारा १६१(१)(क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका पोखरेलको आइतबार प्रदेश प्रमुखद्वारा राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले बताए । त्यस्तै प्रदेश प्रमुखले संविधान बमोजिम अर्को व्यवस्था नभएसम्म लागि मौजुदा मन्त्रीपरिषद्लाई प्रदेश मन्त्रीपरिषद्को कार्यालयबाट कार्यभार सञ्चालन गर्न तोक्नुभएको पौडेलले जानकारी दिए ।