२०८२, माघ २१ गते

Feb 04 2026 | २०८२, माघ २१ गते

वर्तमान सरकारले निर्वाचन स्वच्छ ढंगले गर्न नसक्ने महेश बस्नेतकोआरोप

बुधवार , माघ २१, २०८२

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौं,२१ माघ । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतले जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभएको छ । 

    प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उहाँले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने बताउनुभएको हो । उहाँले अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाई भईरहेको उल्लेख गर्नुभयो ।

    बस्नेतले न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभ–प्रलोभन तथा हस्तक्षेपमा पर्न नहुने बताउनु भयो । महाभियोगको डर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका कारण न्यायाधीशहरू निर्णयबाट पन्छिएको अवस्था देखिएको उहाँको दाबी छ ।

    उहाँले प्रधानन्यायाधीश लगायत न्यायाधीशहरू रोग लागेको बहानामा अनुपस्थित हुने, फोन अफ गर्ने र निर्णयबाट पन्छिने प्रवृत्ति देखिएको बताउनु भयो । यसवाट देश ठूलो वैदेशिक आक्रमणको अवस्थामा रहेको अनुभुति भएको उहाँको भनाई छ ।

    उहाँले सर्वोच्च, उच्च र जिल्ला अदालतसँगै समग्र न्यायिक प्रणाली नै जलिरहेको अनुभुति भएको बताउनु भयो । बस्नेतका अनुसार संसद पुनस्र्थापनाको विषयमा सर्वोच्च अदालतले स्पष्ट निर्णय गर्न ढिलाइ गर्दा मुलुक अन्योलमा परेको छ । 

    उहाँले भन्नुभयो, ‘न्यायिक पक्रिया आतंकित भएर, डराएर र लोभ प्रभोलनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने भोली महाभियोग पर्ला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय सामु डराउने, पन्छिने देखिएको छ । त्यो प्रवृत्ति संसद पुनःस्थापनाको न्यायिक निरुपनको विषय अल्झिएको छ । आज पनि पेसी चढ्छ भनेर हामीले अपेक्षा गरेको पनि तारिकमा स¥यो ।

    प्रधानन्यायाधीश लगायतका न्यायधीहरुहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, फोन अफ गर्ने र पन्छिने प्रवृत्ति बनेको छ । यसबाट के बुझिन्छ भने हामी निकै ठुलो वैदेशिक आक्रमणमा छौँ । हाम्रो सर्वोच्च, उच्च र जिल्ला अदालत मात्रै जलेका होईनन्, हाम्रो न्यायिक प्रणाली नै जलिरहेको अनुभूति हुन्छ । संसद पुनस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन ।

    यसको निरुपण तत्कालै गर्नुपर्छ । संसद पुनस्थापना हुने हो भने निर्वाचनको नाममा भईरहेको यो सारा गतिविधि र खर्चहरु अनावश्यक हुन्छ र नहुने हो भने ढुक्कसंग निर्वाचनमा जाने हो ।’ 

    उहाँले वर्तमान सरकारले निर्वाचन स्वच्छ ढंगले गर्न नसक्ने पनि आरोप लगाउनु भयो । उहाँले कुनै अमुक दललाई जिताउनको लागी सरकार दुई चरणमा निर्वाचन गर्ने लगायतका गतिविधि गर्न लागेको आरोप लगाउनु भयो । उहाँले झापा क्षेत्र नम्बर ५ मा प्रहरीले नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई भोट मागिरहेको बताउनु भयो ।