२०८२, माघ २२ गते

Feb 05 2026 | २०८२, माघ २२ गते

बालुवाटारमा प्रधानमन्त्री कार्की–ओलीबीच करिब दुई घण्टा संवाद

बिहिवार , माघ २२, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा एक्लाएक्लै लामो भेटवार्ता भएको छ।

    बिहीबार बिहान प्रधानमन्त्री निवास पुगेका ओलीले प्रधानमन्त्री कार्कीसँग करिब २ घण्टा  छलफल गरेका हुन्। बिहीबार बिहान करिब ११ बजेतिर एमाले अध्यक्ष ओली दलका कुनै नेताहरू नलिई बालुवाटार पुगेका थिए । साथमा उनका स्वकीय सचिव राजेश बज्राचार्य मात्रै थिए ।

    प्रधानमन्त्री कार्कीले चुनावमा दलहरूको सघन सहयोग आवश्यक रहेको र एमालेको प्रतिबद्धता प्रशंसा गरेकी छन्। ओलीले संसद् पुनर्स्थापनाको माग राख्दै चुनावको पक्षमा रहेको तर आफ्नो सार्वजनिक पोजिसन नबदलेको बताएका छन्।

    त्यसक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीसँग समग्र निर्वाचनको तयारी, अवस्था र सुरक्षाबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले सबै प्रबन्ध सरकारले मिलाएको र ढुक्क हुन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्कीसँगको संवादका क्रममा अध्यक्ष ओलीले निर्वाचनको वातावरण बनेको खण्डमा एमाले चुनावबाट नभाग्ने विश्वास दिलाएका थिए ।

    भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको छ ।