
आइतवार , बैशाख १९, २०७८
बुटवल, १९ वैशाख ।
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी चलिरहेका बेला प्रदेशसभा सांसद विमला वली नेकपा (माओवादी केन्द्र) मा गएकी छन् । वली प्रदेशसभा उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएकी थिइन् । उनले अहिले माओवादी केन्द्रलाई रोज्ने निर्णय गरेकी छन् ।
प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त कुराको पुष्टि गरे । उनले भने, ‘उहाँ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको होइन उहाँले माओजादी रोज्नुभयो ।’ त्यसो गर्दा शंकर पोखरेलको संख्या ४० पुगेको छ । धारा १६८ को १ बमोजिम सरकार हुँदा शंकर पोखरेललाई ४१ सदस्य आवश्यक पर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij