२०८२, माघ २४ गते

Feb 07 2026 | २०८२, माघ २४ गते

एसियन बुद्ध होटलमा ‘गजल साँझ’

शनिवार , माघ २४, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, २४ माघ । रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा शुक्रबार गजल साँझ कार्यक्रम गरिएको छ । कार्यक्रममा लोकप्रिय गजल गायक तथा संगीतकार थानेश्वर गौतमले विभिन्न गजल गाएर मनोरञ्जन दिलाउनुभएको थियो । गौतमका धेरै गजल चर्चित छन् ।

    कार्यक्रममा उहाँले ‘बेचेर सपना मैले रात किनेको छु, तिम्रा यादहरु मलाई भेटेर जान्छन्, खतरा धेरै भो लगायतका गजल गाउनुभएको थियो । उहाँको गजल (गीत) मा त्यहाँ उपस्थिति दर्शक (अतिथिहरु) गाएर तथा नाचेर साथ दिएका थिए ।

    साहित्य तथा संगीतप्रेमीहरुका लागि विशेष साँझको रुपमा गजल साँझ कार्यक्रम गरिएको एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले बताउनुभयो ।साहित्य, संगीत र सद्भावको माध्यमबाट सबैलाई एकै स्थानमा जोड्नु कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । एसियन बुद्ध होटल यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक, ग्राहक, साझेदारहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न यो विशेष साँझ आयोजना गरिएको हो, ’उहाँले बताउनुभयो ।

    आपसी चिनजान, सम्बन्ध विस्तार तथा भविष्यमा अझ सुदृढ सहकार्यको वातावरण सिर्जना गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो ।

    कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको होटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशान्त त्रिपाठीले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित चारतारे एसियन बुद्ध होटलले साप्ताहिक सरसफाई कार्यक्रमसँगे विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताउनुभयो ।