२०८२, माघ २५ गते

Feb 08 2026 | २०८२, माघ २५ गते

सुर्यमती हरिजनको समर्पणलाई सधै सम्मानका साथ स्मरण गरिनेछ : उपप्रमुख अधिकारी

आइतवार , माघ २५, २०८२

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, २५ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला स्वास्थ्य स्वयंसेविका सुर्यमती हरिजनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विगत लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत, सेवाभावकी प्रतिमुर्ती हरिजनको निधनले अत्यन्तै स्तब्ध र मर्माहत तुल्याएको उहाँले बताउनुभयो ।

    वि.सं. २०५२ सालदेखि निरन्तर रुपमा सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सुर्यमती हरिजनले पुर्याउनुभएको योगदान अतुलनीय छ, ’उपप्रमुख अधिकारीले भन्नुभयो–‘समाजको तल्लो तहसम्म पुगेर स्वास्थ्य सचेतना फैलाउन र नागरिकको अहोरात्र खटिनुभएका उहाँको समर्पणलाई नगरपालिकाले सधै सम्मानका साथ स्मरण गर्नेछ ।’ उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    सिद्धार्थनगर नगरपालिका–६ निवासी हरिजनको ५८ वर्षको उमेरमा शनिबार दिउँसो ४ बजे आफ्नै घरमा निधन भएको हो । केही महिनादेखि अस्वस्थ हरिजनको उपचार भइरहेको थियो ।आइतबार उहाँको दाहसंस्कार सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्वारी घाटमा गरिएको छ । स्वर्गीय हरिजनको चार छोरा र एक छोरी छन् ।