images

शुक्रवार, बैशाख २१ गते २०८१

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न ४२ सांसदद्वारा प्रदेश प्रमुख समक्ष माग 

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न ४२ सांसदद्वारा प्रदेश प्रमुख समक्ष माग 

images
images
images
आइतवार, बैशाख १९ २०७८
आइतवार, बैशाख १९ २०७८
  • मुख्यमन्त्री पोखरेलको सपथ रोक्न ४२ सांसदद्वारा प्रदेश प्रमुख समक्ष माग 

    बुटवल, १९ वैशाख । 
    प्रदेश प्रमुख धर्मनाथ यादवले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार गठन गर्ने गरी मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेपछि प्रदेशसभाका ४२ जना सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न माग गरेका छन् । 

    images
    images
    images

    प्रदेश प्रमुखसमक्ष पेश गरेका ४१ जना सांसदको हस्ताक्षरमध्ये विमला कुमारी खत्री वलीको पुरानो हस्ताक्षर दुरुपयोग गरी बहुमत पुर्याउने प्रयत्न भएको भन्दै सपथ रोक्न माग गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खानले बताए ।

    ‘उहाँको पूरानो हस्ताक्षर दुरुपयोग गरी एकल बहुमतको सरकार बनाउने भनेर उहाँहरुले हस्ताक्षर बुझाउनुभएको छ भन्ने कुरा आयो, विमलाजी एमालेमा नरहनुभएको र नेकपा (माओवादी केन्द्र) मा रहनुभएको भन्ने जानकारी प्रदेशसभामा समेत रहेकाले एमालेको एकल बहुमत पुग्दैन, उनले भने, ‘त्यसैले एमालेको एकल नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि नबढाइयोस् भन्ने कुरा हामीले राख्यौं, प्रदेश प्रमुखले मैले कुरा बुझे त्यसै अनुसार गर्छु भन्नुभएको छु ।’

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका सांसदले प्रदेश प्रमुखलाई आइतबार दिउँसो भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४२ सांसदको हस्ताक्षर देखाएका हुन् ।

    ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि दाङबाट उपनिर्वाचनमा विजयी सांसद विमला वलीले आफू माओवादी केन्द्रमा गएको प्रष्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij