
आइतवार , बैशाख १९, २०७८
१९ वैशाख, भैरहवा ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ सय ४१ जनामा कोराना भाईरस संक्रमण पुष्टि भएको छ।
कोरोना भाईरस संक्रमणका कारण रुपन्देहीमा थप ५ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ३ जना पुगेको छ।
त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १३ हजार ३ सय ९० पुगेको छ।
हालसम्म रुपन्देहीमा २ सय ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ५ सय ८२ संक्रमित निको भएका छन्।
कुन पालिकामा कति कोरोना संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २ सय ७, तिलोत्तमा नगरपालिकामा १ सय ४, सिद्धार्थनगर नगरपालिकामा ५८, देवदह नगरपालिकामा २३, सैनामैना नगरपालिकामा २०, शुद्धोधन गाउापालिकामा ६ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै सियारी, कञ्चन, ओमतीया गाउँपालिकामा ५/५ जना, लुम्बिनी सांस्कृतीक नगरपालिकामा ३, मायादेवी र रोहीणी गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
यस्तै कोटहीमाई गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij