२०८२, माघ २८ गते

Feb 11 2026 | २०८२, माघ २८ गते

पार्टीका उम्मेदवारलाई माओवादी महासचिव विप्लवको प्रशिक्षण

बुधवार , माघ २८, २०८२

  • 172
    Shares
  • 172
    Shares
  • रुपन्देही, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (मओवादी) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सविधान संशोधन र राज्य पुनःसंरचनाको मुद्दा लिएर जनताका घरदैलोमा जान निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मंगलबार रुपन्देहीको बुटवलमा प्रशिक्षण दिदै विप्लवले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको जिकिर समेत गर्नुभयो ।

    जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रुपमा समेत हेरेको उहाँले दावी गर्नुभयो । पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै उक्त खेलमा देशभित्र गम्भीर चलखेल भइरहेको समेत उहाँले बताउनुभयो ।

    महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दावी गर्नुभयो । चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरु जिम्मेवारी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बन्दै हिंड्नुले अस्वभाविक डिजाइनको संकेत समेत गरेको उहाँले बताउनुभयो ।

    प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पोलिटब्यूरो सदस्य वसन्त श्रेष्ठ, बाला थापा, केन्द्रीय सदस्य संगम पुन, धिरज राना, शरद ओली लगायतले सम्बोधन गर्नुभएको थियो ।

    उम्मेदवारहरु सबैले जिल्ला र निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे रिपोर्टिङ गरेका थिए । माओवादीले  लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये २३ वटा क्षेत्रमा उम्मेदवार दिएको छ । रोल्पामा पार्टीका प्रभावशाली नेता चुडामणि वलीलाई उम्मेदवार बनाएको छ  ।

    WhatsApp Image 2026-02-11 at 6.57.13 AM (1).jpeg

    साबिक लुम्बिनी अञ्चल अन्तर्गतका महत्त्वपूर्ण जिल्ला रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार बनाएको छ । रुपन्देही निर्वाचन क्षेत्र ५ मा माओवादीका पुराना नेता विष्णु भट्टराईलाई उम्मेदवार बनाएको छ । त्यस्तै रुपन्देही–२ मा बिरेन्द्र विकलाई उम्मेदवार बनाएको छ । त्यसै गरी रुपन्देही–१ मा मदन बहादुर थारु, ३ मा शंकर ज्ञवाली र क्षेत्र नम्बर ४ मा विष्णु तिवारीलाई उम्मेदवार बनाएको छ ।

    त्यस्तै पाल्पाको निर्वाचन क्षेत्र १ मा विष्णु ठड्डराई र २ मा जेन्जी युवा पुरन गैरेलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको नेकपा (माओवादी) का केन्द्रीय सदस्य शरद वलीले बताउनुभयो ।