images

बिहिवार, बैशाख २० गते २०८१

विपक्षीको विरोध र कडा सुरक्षा घेराबीच मुख्यमन्त्रीलाई सपथ

विपक्षीको विरोध र कडा सुरक्षा घेराबीच मुख्यमन्त्रीलाई सपथ

images
images
images
आइतवार, बैशाख १९ २०७८
आइतवार, बैशाख १९ २०७८
  • विपक्षीको विरोध र कडा सुरक्षा घेराबीच मुख्यमन्त्रीलाई सपथ

    बुटवल, १९ वैशाख ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् । विपक्षीको विरोध र अवरोधका बाबजुद कडा सुरक्षा घेरा बीच उनले प्रदेश प्रमुख धर्मनाथ यादवबाट सपथ लिएका हुन् ।

    images
    images
    images

    प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउन नसक्ने अबस्था आएपछि मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ यादवलाई लगेर सपथ खुवाइएको हो ।

    अल्पमतमा रहेका लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको भन्दै माओवादी कांग्रेस गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा दिउँसैदेखि धर्ना दिएका थिए ।

    प्रदेश प्रमुख यादवले जुनसुकै हालतमा सपथ खुवाउने चालपाएका विपक्षी गठबन्धनका ४२ जना सांसदहरुले दिउँसो नै प्रदेश प्रमुखलाई हस्ताक्षर गरेर बुझाएका थिए । मुख्यमन्त्री पोखरेलको सपथका लागि लुम्बिनी प्रदेशका डिआईजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।






    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij