२०८२, फाल्गुण १ गते

Feb 13 2026 | २०८२, फाल्गुण १ गते

राष्ट्रिय हित प्रवर्द्धनका लागि सञ्चार क्षेत्रबीचको रणनीतिक सहकार्य आवश्यक : परराष्ट्रसचिव राई

शुक्रवार , फाल्गुण १, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं,  १ फागुन । परराष्ट्रसचिव अमृतबहादुर राईले बदलिँदो भूराजनीतिक परिदृश्यमा नेपालको राष्ट्रिय हितलाई सुरक्षित गर्न कुटनीति र सञ्चार क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ । 

    काठमाडौंमा आयोजित एक छलफलमा बोल्दै सचिव राईले डिजिटल मिडियाको युगमा परराष्ट्र नीति र सञ्चारको अन्तरसम्बन्धले देशको अन्तर्राष्ट्रिय छवि निर्माणमा निर्णायक भुमिका खेल्ने बताउनुभएको हो ।

    सचिव राईले परराष्ट्र नीति र मिडियाको सम्बन्धबारे चर्चा गर्दै कुटनीतिज्ञ र पत्रकार दुवैका आफ्नै सीमा र जिम्मेवारी हुने भएपनि राष्ट्रिय हितका सवालमा एकै ठाउँमा उभिनुपर्ने बताउनु भयो ।

    उहाँकाअनुसार कुटनीतिले राष्ट्रिय स्वार्थको व्याख्या र वार्ता गर्छ भने सञ्चारमाध्यमले त्यसलाई आम नागरिक र अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउने सेतुको काम गर्छ । विशेष गरी विदेशमा रहेका नेपालीहरूको संरक्षणका सवालमा उहाँले जनशक्तिको ठूलो खाडल रहेको औँल्याउनु भयो ।

    जापानको उदाहरण दिँदै उहाँले सन् १९६० मा दुतावास स्थापना हुँदाको दरबन्दी र अहिले तीन लाख नेपाली पुग्दाको दरबन्दी उस्तै रहनु चुनौतीपूर्ण भएको बताउनु भयो । खाडी मुलुकमा फिलिपिन्स जस्ता देशको तुलनामा नेपाली कर्मचारीको संख्या निकै कम रहेको भन्दै उहाँले यस विषयमा राजनीतिक नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

    कर्मचारीतन्त्रीय ढिलासुस्तीका कारण समयमै सूचना र प्रेस विज्ञप्ति जारी गर्न नसकिएको कमजोरीलाई पनि उहाँले स्वीकार गर्नुभयो ।