शनिवार , फाल्गुण २, २०८२
भैरहवा, २ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) रुपन्देही आउने हुनुभएको छ । शनिबार (आज) उहाँको रुपन्देहीसहित कपिलवस्तु र नवलपरासी जिल्लामा जाने कार्यक्रम रहेको रास्वपा रुपन्देहीले जनाएको छ ।
बालेन शनिबार दिउँसो १ बजे रुपन्देहीको मर्चवारस्थित मर्चवारी देवी मन्दिर पुग्नुहुनेछ । त्यस्ते १ः२० बजे लुम्बिनीस्थित पर्साचोक, १ः४० बजे कपिलवस्तुको तौलिहवा, २ बजे बहादुरगंज र २ः२० बजे चन्द्रौटा पुग्नुहुनेछ ।
त्यस्तै ३ः१० बजे ४ नम्बर, ३ः५० बजे रुपन्देहीको भैरहवा, ४ः५ बजे धकधई, ४ः२० बजे पश्चिम नवलपरासीको परासी चोक, ४ः३० बजे बेलासपुर, ५ बजे गोपीगञ्ज र ५ः१५ बजे बर्दघाट जाने कार्यक्रम छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
