सोमवार , फाल्गुण ४, २०८२
बुटवल, ४ फागुन । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले दैनिक आफ्नो क्षेत्रका मतदाताका कुरा सुन्दै आफ्ना योजना सुनाउने गर्नु भएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्नुभएका पाण्डेले बुटवल, सैनामैना र तिलोत्तमाका मतदातासंग दैनिक रुपमा प्रत्यक्ष घरदैलो र भेटघाट गरिरहनु भएको छ ।
भेटघाटका क्रममा उहाँले आफ्नो लागि भोट माग्ने र आफ्ना कुरा मात्र सुनाउने मात्गर गर्नु भएको छैन्, धैर्यतापूर्वक मतदाताका कुरा सुन्दै उनीहरुका सुझाव समेत ग्रहण गर्ने गर्नु भएको छ । उहाँले आफ्नो क्षेत्रका मतदातासंग पुग्न नसकेका ठाँउमा कार्यकर्ता मार्फत गुनासा, सुझाव सुन्ने र आफ्ना योजना प्रतिवद्धतापत्र मार्फत राख्नु भएको छ । थप सुझाव भए ‘टिपोट’ मार्फत आफूलाई बुझाउन कार्यकर्तालाई भन्नु भएको छ ।
चुनावी अभियानमा व्यस्त पाण्डेले भन्नु भयो – ‘दाजुभाई दीदिवहिनीहरुका कुरा सुन्ने र हाम्रो स्पष्ट योजना सुनाउने गरेका छौ । म चुनावी उम्मेदवार मात्र बनेर आएको होईन, जिम्मेवारी निभाउन आएको हुँ । बोलेको कुरा व्यवहारमा लागु गर्न आएको हुँ । त्यसैले जनतालाई ढाट्ने काम मबाट हुँदैन ।’
मतदाता भेटघाटमा व्यस्त रहेकाले उहाँले शहरको समस्या, गाँउको समस्या र त्यसको पहिचान एवं विकासलाई अलग –अलग ढंगले योजनामा समेटेको बताउनु भयो ।
चुनावी घरदैलो अभियानमा रहनु भएका उम्मेदवार विश्वदीपलाई त्यस ठाँउका वासिन्दाले आफ्ना दुःख, गुनासा र आशा समेटेर ७ बूँदे माग समेत बुझाउनु भएको छ । उहाँहरुले दानव र तिनाउ नदी नियन्त्रणका साथै तिनाउ करिडोर निमार्णका लागि पहल गर्न माग गर्नु भएको छ ।
घरदैलोका क्रममा उम्मेदवार पाण्डेले कृषकसंग पनि संवाद, भेटघाट र अन्र्तक्रिया गर्दै आउनु भएको छ । सैनामैना र तिलोत्तमाका विभिन्न ठाँउमा घरदैलो गर्दा भेटिएका उहाँले यी ठाँउका खेतियोग्य भूमी संरक्षण गरी कृषकलाई व्यवसायिक बनाउँदै उत्पादनसंग जोड्न आफूले पहल लिने उल्लेख गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij