२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

भैरहवामा १५१ जना युवा राप्रपामा प्रवेश

मंगलवार , फाल्गुण ५, २०८२

  • 325
    Shares
  • 325
    Shares
  • भैरहवा, ५ फागुन । रुपन्देहीको भैरहवाका १५१ जना युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कुनै पार्टीमा आबद्ध नभएका १५१ युवाहरु राप्रपामा प्रवेश गरेको पार्टीको रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताउनुभयो ।

    सोमबार भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राप्रपाकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गौरव बोहरा, पार्टीको केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले युवाहरुलाई स्वागत गर्नुभएको हो । 

    सो अवसरमा बोल्दै युवा नेता तथा उम्मेदवार बोहराले युवाहरुले राप्रपा रोज्ने निर्णय लिनु उपयुक्त र महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यो क्षेत्र र मुलुकको विकास राप्रपाको नेतृत्वमा मात्रै हुन सक्ने दावी गर्नुभयो ।

    WhatsApp Image 2026-02-17 at 8.09.04 AM.jpeg

    केन्द्रीय सदस्य थापाले राप्रपाको एजेण्डा राम्रो भएकाले युवाहरुको रोजाइ राप्रपा बनेको बताउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएका मागहरुको सम्बोधन राप्रपाले मात्रै गर्न सक्ने उल्लेख गर्नुभयो ।