२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

जेन–जी पुस्ताको भावना अनुरुप काम गर्ने वाचासहित मत माग्न व्यस्त कांग्रेस उम्मेदवार के.सी

मंगलवार , फाल्गुण ५, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा । नेपाली काँग्रेसबाट रुपन्देहीे–१ का उम्मेदवार हिराबहादुर केसीले चुनावी प्रचार प्रसारलाई तिव्रता दिनु भएको छ । उहाँले आफ्‌नो क्षेत्रका मतदातासंग भेटगर्दै आफ्ना चुनावी प्रतिबद्धता जनाउदै भोट माग्दै हिड्नु भएको छ । 

    चुनावको मिति नजिकदै गर्दा उम्मेदवार केसीले नेपालमा अहिलेको अबस्थामा सबैभन्दा नयाँ र युवाहरुको पार्टी नेपाली कांग्रेस भएको उल्लेख गर्दै ढुक्कसग मत दिन आग्रह गर्नुभयो । 

    बर्तमान समयमा आफ्‌ना गल्ती कमजोरीलाई सच्चाउदै नयाँ योजनाका साथ नेपाली कांग्रेस अगाडि बढेको उल्लेख गर्दै आफ्‌नो क्षेत्र सहित दशकै विकास गर्न कांग्रेसलाई मतदान गर्न उहाँको आग्रह छ । 

    उम्मेदवार केसीले गत भदौं २३ र २४ गते मुलुकमा भएको जेनजी आन्दोलनको भावना र करिब एक महिना अघि सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशन पछि पार्टीमा आएको परिवर्तनबारे बुझाउँदैं भोट मागिरहनु भएको छ । 

    IMG_1391.JPG
    हिराबहादुर केसी 

    काँग्रेसको इतिहास बुझ्नेलाई पार्टी फेरिएको सन्देश प्रस्ट रुपमा व्यवाख्या गर्दै नेता केसीले युवा सामू नेपाली काँग्रेस नयाँ बनेकाले आगामी दिनमा गल्ती कमजोरी नगरी जेनजी पुस्ताको भावना अनुसारको मुलुक निर्माण गर्न प्रतिवद्ध रहेको बताउनुभयो । 

    युवासँग जेनजी आन्दोलनको मर्म र भावना अनुरुप कार्यान्वयन गर्ने बताउदै उहााले युवालाई स्वदेशमा रोजगारी श्रृजना गर्नेदेखि गाँउ गाँउ र टोल टोलमा शिक्षा, स्वास्थ्य, विकासका पुर्वाधार, पर्यटन, घरेलु उद्यमशीलता, व्यवसाय र दैनिक जिविकोपार्जनमा सुधार गर्ने योजना सुनाउनु भयो । 

    ‘मे युवादेखि बृद्धबृद्धासम्मलाई मेत माग्ने क्रममा भेटेको छु, त्यस बखत मैले सांसदका हैसियतले गर्न सक्ने काम देखि सरकार बनेपछि गर्न सकिने कामका बारेमा योजना सुनाउदै, उहाँहरुका कुरा सुन्दै आएको छु, यो वीचमा केहि निरासाका कुरा सुनिएपनि युवाहरुमा जागरण आएको पाए । यसले खुसी तुल्याएको छ ।’

    कांग्रेस उम्मेदवार केसीले २०७४ मा भएको स्थानिय निकायको निर्बाचनमा देवदह नगरपालिकाको प्रमुखमा बिजयी भइ ५ बर्षको कार्यकालमा सम्पन्न गरेका कामबारे जानकारी दिदै बिकास गर्ने मोडलका बारेमा पनि जानकारी दिदै आउनु भएको छ । उहाँले त्यही अनुभवलाई संसदीय निर्बाचन पश्चात निर्वाचन भए जनताका काम गर्न सहज हुने बताउनु भयो । 

    ‘घरदैलोका क्रममा मतदाताले व्यक्त गरेका समस्या र भौगोलिक रुपमा प्रत्यक्ष देखिएका बिषयबस्तुलाई संकलन गरेर समेटेको छु’ उहाँले मतमाग्ने क्रममा भन्नुभयो, ‘जनताले भोग्नु परेका समस्या समाधानका लागि त्यही अनुरुपको योजना तथा नीति नियम बनाएर कार्यान्वयन गर्ने भूमिका मेरो रहने छ ।’