२०८३, मंसिर ५ गते

Nov 21 2026 | २०८३, मंसिर ५ गते

प्रधानमन्त्री साहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

शुक्रवार , मंसिर ४, २०८३

  • 412
    Shares
  • 412
    Shares
  • काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद््बाट प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण स्वीकृत गरेको छ ।

    शुुक्रवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अगामी आईतवार हुने प्रधानमन्त्री साहको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय समेत गरेको छ ।

    बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा र तत्कालीन आपत्कालीन उद्धार कार्यका लागि प्राप्त हुने २ मिलियन डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको समेत जानकारी दिनुभयो ।

    मन्त्री तिमिल्सिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ¥यापिट क्रिडिट फ्यासिलिटी अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन डलर बराबर निब्र्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँकाअनुसार बैठकले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय गरेको छ ।

    उहाँले बैठकले राष्ट्रिय जैविक विविधता, रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नम्स २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ समेत स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।