२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

रुपन्देही ४ : ४८ सालदेखि चुनाव लडेकादेखि पहिलोपटक लड्दै गरेका युवासम्म मैदानमा

बुधवार , फाल्गुण ६, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ४ सुगम मध्यको दुर्गम क्षेत्र हो । ५ वटा निर्वाचन क्षेत्र मध्ये अन्य क्षेत्रमा बिकासले आसलाग्दो गति लिएपनि रुपन्देही ४ मा भने अझै धेरै बिकास गर्न बाँकी रहेको छ । त्यस निर्वाचन क्षेत्रका मतदाताले सडक, सिचाई, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने उम्मेदवारलाई चुनावमा मत हाल्ने बताएका छन्। 

    ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नम्बर ४ ग्रामिण बस्तीले भरिएको क्षेत्र हो । अन्न भण्डारको रुपमा चर्चा कमाएको क्षेत्र नम्बर चारमा चुनावी चहलपहल निकै बढेको छ । रुपन्देही ४ मा २०४८ सालदेखि अहिलेसम्म आठौं पटक चुनावी मैदानमा रहनु भएका जनता समाजबादी पार्टीका सर्वेन्द्रनाथ शुक्लादेखि पहिलो पटक चुनावी दौडमा रहनु भएका नेपाली कांग्रेसका युवा नेता आशुतोष मिश्रसम्म चुनावी मैदानमा होमिनु भएको छ । 

    कुनै पनि दल र उम्मेदवारले लगातार संसदीय चुनाव नजितेको रुपन्देही ४ मा २०७९ मा चुनाव जित्नु भएका जसपा सर्वेन्द्रनाथ शुक्ला, नेपाली कांग्रेसका आशुतोष मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैयाकुमार बाँनिया, जनमत पार्टीका भोपेन्द्र यादव र नेकपा एमालेका प्रमोद कुमार यादव चुनावी प्रतिस्पर्धामा रहनु भएको छ । 

    निर्वाचनमा होमिनु भएका उम्मेदवारहरुले बिकासका दृष्टिले पछाडि परेको मर्चवार सहित क्षेत्रमा रहेका समस्या समाधान गर्नेदेखि सुशासन, भ्रष्टचार नियन्त्रण देखि जेनजी पुस्ताका आकाक्षासम्म पुरा गर्ने बाचा गर्नु भएको छ ।

    कतिपय उम्मेदवारले पुरानै एजेण्डा दोहोराउदै जनतासंग मत मागिरहनु भएको छ भने कतिपयले भने सुशासन कायम गर्ने देखि भ्रष्टचार नियन्त्रण गर्ने सम्मका योजना सुनाउदै मत माग्दै आउनु भएको छ । 

    रुपन्देही ४ मा मनोनयनका दिन दल बदल्ने देखि प्रदेश सभा सदस्य छाड्ने सम्म चुनावी मैदानमा भिड्नु भएको छ । नेकपा एमालेबाट चुनाव लड्नु भएका प्रमोद यादव मनोनयनका दिन नेपाली कांग्रेस छाड्नु भएको हो भने लोसपाबाट प्रदेश सभा सदस्य निर्वाचित कन्हैयाकुमार बानिया रास्वपाबाट चुनाव लड्नु भएको छ । मतमाग्न पुगेका उम्मेदवारहरुलाई मतदाताले सडक, सिचाई, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने उम्मेदवारलाई चुनावमा मत हाल्ने बताएका छन् । 

    रुपन्देही क्षेत्र नम्बर ४ अन्तरगत मर्चवारी १ का श्रीराम यादवले मर्चवार क्षेत्रमा मलखाद, पानी, सिचाई र सडक बनाईदिनेलाई मत दिने बताउनु भयो । उहाँले बिगतमा जितेर गएका दल बदल्दै अबसर खोज्नेहरुलाई यसपटक मत नदिने बताउनु भयो । 

    मर्चवारकै युवती मेनुका यादवले चुनाव जितेपछि गाउँ नफर्किने नेतालाई भोट नदिने बताउनु भयो । ‘जितेर गएर जनतासंग नफर्किएपछि के फाईदा, यहाँ शिक्षा, स्वास्थ्य, रोजगार र सडक पुर्वाधारमा काम गर्न सक्छु भनेर प्रतिवद्धता जायर गर्ने उम्मेदवार मात्र भोट माग्न आउनु होला ।’ उहाँले खवरपात्रोसंग भन्नुभयो । 

    २०७९ को निर्वाचनमा २८ हजार मतका साथ लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी हुनु भएको थियो । शुक्लासंग पराजित हुनु भएका तत्कालिन नेपाली कांग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७०४ ल्याउनु भएको थियो भने तेस्रोमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याउनु भएको थियो ।

    समानुपातिक तर्फ पनि प्रत्यक्ष तर्फ अगाडि रहेका दलले बढी मत प्राप्त गरेका छन् । लोसपाले २२ हजार ३७ मत पाउदा नेपाली कांग्रेसले १८ हजार ८३२ मत ल्याएको थियो । जनमत पार्टीले भने १६ हजार ४५८ मत प्राप्त गरेको थियो ।