बुधवार , फाल्गुण ६, २०८२
काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ।
बुधवार पार्टीले धनुषामा आयोजित प्रतिज्ञा सभामार्फत उहाँ काँग्रेसमा प्रवेश गर्नुभएको हो । शर्मालाई पार्टी सभापति गगनकुमार थापाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले रास्वपा पुरानो काँग्रेस भइसकेको टिप्पणी गर्नुभयो ।
उहाँले विशेष महाधिवेशनबाट आएको नेतृत्व र नीतिको आधारमा काँग्रेस नयाँ र थप सुदृढ भएर आएको जिकिर गर्नुभयो ।
उहाँले अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार चयनमा आर्थिक चलखेल भएको भन्दै बुधवार बिहान मात्रै साधारण सदस्य समेत नरहनेगरी रास्वपा परित्याग गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij