२०८२, फाल्गुण ८ गते

Feb 20 2026 | २०८२, फाल्गुण ८ गते

पछाडि परेका वर्गको अवस्था परिवर्तनका लागि नीतिगत पहल गर्छु : हिरा खत्री

शुक्रवार , फाल्गुण ८, २०८२

  • 169
    Shares
  • 169
    Shares
  • देवदह, ८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार हिरा बहादुर खत्रीले विपन्न तथा पछाडि परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि नीतिगत पहल गर्ने बताउनुभएको छ । उहाँले पछाडि परेका र पारिएका वर्गको आर्थिक र सामाजिक अवस्था माथि उकास्नका लागि नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । त्यसका लागि आफूले सरकारसँग कुरा उठाउने र नीति निर्माणमा भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    रुपन्देही क्षेत्र नम्बर १ अन्तरगत रोहिणी गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ मा घरदैलो तथा भेटघाट गर्दै उम्मेदवार खत्रीले बदलिएको कांग्रेसले मतदाताको जीवनस्तर बदल्नका लागि पनि अब पछाडि परेका विपन्न नागरिकको जीवन कसरी सुखद बनाउन सकिन्छ भन्ने नीतिगत व्यवस्था ल्याउने बताउनुभयो । उहाँले कांग्रेसले अब सबैको आवाज सुन्ने र सबैलाई समान हैसियतले हेर्ने एक मात्र पार्टी भएकाले अब सरकार कांग्रेसकै बहुमतका आधारमा बनाउन आवश्यक रहेको पनि बताउनुभयो । मुलुकको विकासका लागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ रहेको उल्लेख गर्दै ती विषयसँग जोडिएका नागरिकको अवस्थालाई पनि सँगसँगै लैजान राज्यले सही नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि आफूले पहल गर्ने र नागरिकको अवस्था सुधारका लागि नीतिगत व्यवस्था ल्याउने कुरामा आफ्नो भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

    खत्रीले रुपन्देही–१ का विभिन्न पालिका र क्षेत्रहरुमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । रुपन्देहीको देवदह, तिलोत्तमा, ओमसतियाका विभिन्न वडा तथा टोलमा घरदैलो, भेटघाटसँगै सुझाव संकलन कार्यक्रमलाई उम्मेदवार खत्रीले निरन्तर जारी राख्नुभएको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिनुभयो ।