शुक्रवार , फाल्गुण ८, २०८२
भैरहवा, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उपस्थितिमा फागुन ९ गते शनिबार (भोली) रुपन्देहीको भैरहवामा हुने भनिएको ‘परिवर्तन उद्घोष कार्यक्रम’ स्थगित भएको छ । अञ्चलपुरस्थित भैरहवा प्रदर्शनी स्थलमा आयोजना हुने तय गरिएको सभा स्थगित गरिएको रास्वपाको केन्द्रीय प्रचारप्रसार विभाग उपप्रमुख महेन्द्र गुप्ता (प्रशान्त) ले बताउनुभयो ।
पार्टीको संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ । यस निर्णयबाट पर्न सक्ने असुविधाप्रति रास्वपाले क्षमायाचना समेत गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij