२०८२, फाल्गुण ८ गते

Feb 20 2026 | २०८२, फाल्गुण ८ गते

‘जहाज उडाउँदा–उडाउँदै राजनीतिमा होमिन आएको हुँ, जे भन्छु, त्यसमा अडिक रहन्छु’

शुक्रवार , फाल्गुण ८, २०८२

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले राजनीतिमा केही गर्न सकौं भनेर आफू जहाज उडाउँदा उडाउँदै राजनीतिमा होमिन आएको बताउनुभएको छ । उहाँले विगतदेखि नै नागरिकको सेवा भावलाई अंगाल्दै आउँदै गर्दा आज त्यही अनुभव, जिम्मेवारीबोध र आफ्नो जन्मभूमि रुपन्देही क्षेत्र नम्बर ३ को सेवामा समर्पित हुन चाहेको बताउनुभयो ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १४, १५ र १७ मा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्नुहुँदै बोहराले यस्तो बताउनुभएको हो । ‘मलाई पूर्ण विश्वास छ, तपाई मतदाताले मलाई भ्रष्टाचारको अन्त्य र सुशासनको जहाज चलाउने पाईलट बनाउनुहुनेछ, ’उहाँले भन्नुभयो–‘रुपन्देही क्षेत्र नम्बर ३ मा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो मात्रामा लगानी भइसकेको छ । यही आधारमा निजी क्षेत्रले पनि पर्यटन, होटल व्यवसाय र सेवा क्षेत्रमा उल्लेख्य लगानी गरेको छ । अबको चुनौती निर्माण होइन, यस लगानीको संरक्षण, उपयोग र त्यसबाट प्रतिफल सुनिश्चित गर्ने जिम्मेवारी हो । यो जिम्मेवारीमा कागजमा सीमित हुनुहुँदैन ।’

    विमानस्थले रोजगारी सिर्जना गर्नुपर्ने, व्यवसाय चलायमान बनाउनुपर्ने र यस क्षेत्रको आर्थिक भविष्य बलियो बनाउनुपर्ने बोहराको भनाइ छ । विमानस्थल सञ्चालन नहुँदा उद्योगी–व्यवसायीको अरबौ लगानी जोखिममा परेको र उहाँहरु मर्कामा पर्नुभएको उहाँले बताउनुभयो । उद्योगी–व्यवसायीका आवाजलाई बुलन्द बनाउन लाष्पिर्ने उहाँले बताउनुभयो ।

    राप्रपा उम्मेदवार गौरव बोहरालाई केही दिनअघि स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले समर्थन गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा रुपन्देही–३ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्नुभएका भण्डारी ५ हजार ४ सय ६२ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्थ्यो ।