शुक्रवार , फाल्गुण ८, २०८२
भैरहवा, ८ फागुन । रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन फागुन १० गते शनिबार (भोलि) रुपन्देही आउनुहुने भएको छ ।
निर्वाचन केन्द्रित संकल्प यात्रा अन्तर्गत अध्यक्ष लिङ्देन आउनुहुने पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले बताउनुभयो ।
यस्तो छ रुट
अध्यक्ष लिङदेन शनिबार दिउँसो १ बजे देवदह नगरपालिकामा पुग्नुहुनेछ । त्यस्तै दिउँसो १:४० बजे खैरेनीमा कोणसभा, २ बजे शित्तलनगर, २स्३० बजे सिक्टहन-शंकरपुर र ३ बजे रोहिणीको धकधईमा कोणसभा हुनेछ ।
त्यसै गरि ३:३० बजे पटखौली, ३:४५ बजे सग्रहवा, ३:५५ बजे कान्छी बजार र ४:१० बजे मंगलापुर हुँदै ४:३५ बजे बुटवल पुग्नेछ ।
त्यसै गरि ४:५५ बजे मुर्गिया (सैनामैना) र ५:३० बजे रामापुर कलोनीमा कोणसभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij