२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

रुपन्देही–३ : जनमतको प्रचार कार्यालय उद्घाटन

शनिवार , फाल्गुण ९, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, ९ फागुन । डा. सि.के. राउत नेतृत्वको जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ३ को प्रचार कार्यालय शुक्रबारबाट शुभारम्भ भएको छ । सिद्धार्थनगर नगरपालिका–६ स्थित महाविरपथमा चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यालय शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको हो । 

    पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष राजेन्द्र प्रसाद गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुमन शर्मा रायमाझी, केन्द्रीय सदस्य आनन्द प्रसाद गुप्ता, प्रतिनिधि सभा सदस्यका उम्मेदवार विशाल गुप्ता लगायतले संयुक्त रुपमा रिवन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३ का संयोजक रुपा मल्ल, पार्टीका जिल्ला सदस्य शशीकला पाण्डेलगायतको आतिथ्यता थियो ।

    WhatsApp Image 2026-02-21 at 6.41.10 AM.jpeg

    कार्यालयको उद्घाटनको अवसरमा बोल्दै नेताहरुले जनमत पार्टी देश र जनताको हकहितमा काम गर्ने पार्टी भएको बताउनुभयो । उहाँहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जनमतका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।