शनिवार , फाल्गुण ९, २०८२
भैरहवा, ९ फागुन । रुपन्देहीमा प्रहरीले दुई दिनमा १८ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरीपैठारी गरिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
फागुन ७ गते ९ लाख २४ हजार ४ सय ९० र फागुन ८ गते ९ लाख ४१ हजार ९ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताउनुभयो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका सामान तथा सवारीसाधन आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको उहाँले जानकारी दिनुभयो ।
बरामद गरिएका सामानमा पाइन्ट, साडी, कुर्ता सुरवाल, काँचो कपडा, गहुँ, चिनी, केराउको दाल, मैदा, जेल पेन, बच्चाको मोजा, लेडिज सुट, सादा तन्ना, सिरानीको खोल, चप्पल, मोटरसाइकल लगायत छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij