२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रस्तावना, माईन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि तालिम सम्पन्न

शनिवार , फाल्गुण ९, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • रुपन्देही, ९ फागुन । उत्तम महिला सहकारी संस्था लिमिटेड सियारी, रुपन्देहीले आफ्नो सञ्चालक समिति र उपसमितिका सदस्यहरुका लागि प्रस्तावना लेखन, माईन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि तालिम शनिबार अमुवामा सम्पन्न भएको छ । 

    प्रस्तावना लेखनका बारेमा सैद्वान्तिक तथा प्रयोगात्मक सेसन सहजकर्ता अनन्त सिलवालले सहजीकरण गर्नुभएको थियो । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङले बैठक सञ्चालन, माइन्यूट तथा प्रतिवेदन लेखनसम्बन्धि विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो ।

    WhatsApp Image 2026-02-21 at 5.12.24 PM.jpeg

    तालिमका सहभागीहरुमध्ये पूर्णिमा खरेल, पूजा पाण्डेय र विष्णु क्षेत्रीले तालिम प्रभावकारी भएको बताउनुभयो । समापन कार्यक्रममा संस्थाकी अध्यक्ष सुदीक्षा खरेलले तालिममा सिकेका कुराहरु आफ्नो सहकारीमा पूर्णरूपमा कार्यान्वयन गरिने प्रतिवद्वता जनाउनुभयो । उक्त तालिम समापन कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिकी संयोजक बिन्दू महतले गर्नुभएको थियो ।