२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा

आइतवार , फाल्गुण १०, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • बुटवल, १० फागुन । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने दावी गर्नुभएको छ । उहाँले एमालेको बहुमतको सरकार बिना देशले निकास पाउन नसक्ने बताउनुभयो ।

    प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिका–१, को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उहाँले देशको वर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

    पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेता विश्वकर्माले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताउनुभयो । यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको उहाँको भनाइ छ । सचिव विश्वकर्माले एमालेको नेतृत्वले दशगजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताउनुभयो । 

    सोही अवसरमा बोल्दै एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले मात्र देशलाई समृद्धि बनाउने बताउनुभयो । उहाँले रुपन्देहीको क्षेत्र नम्बर १ कृषिको प्रचुर सम्भावना रहेको बताउनुभयो । उम्मेदवार न्यौपानेले कृषिको माध्यमबाट यस क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।