आइतवार , फाल्गुण १०, २०८२
भैरहवा, १० फागुन । २०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभएको छ ।
शनिबार भैरहवामा चौधरीलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहरा लगायतले भैरहवामा पार्टीमा स्वागत गर्नुभयो ।
चौधरीले अघिल्लो निर्वाचनमा रुपन्देही–१ बाट १३ हजार ९ सय ४६ मत प्राप्त गर्नुभएको थियो ।
चुनावी अभियानका क्रममा रुपन्देही र नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन शनिबार भैरहवा आउनुभएको थियो । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाबाट क्याप्टेन गौरव बोहरा र १ बाट प्रज्जवल बोहरा उम्मेदवार हुनुहुन्छ । उहाँहरु राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री स्वर्गीय दीपक बोहराका सुपुत्र हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij