२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेकपा सचिवालयद्वारा ‘विवाद समाधान कार्यदल’लाई अनुमोदन

सोमवार , भाद्र १, २०७७

काठमाडौं, १ भदौ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सुझाव दिन बनाइएको कार्यदललाई अुनमोदन गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई शुभकामनासहित अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘बैठकले कार्यदललाई अनुमोदन गरेको छ,’ बैठकबारे जानकारी गराउँदै श्रेष्ठले भने, ‘र, कार्यदले आज राष्ट्रकासामु देखा परेका चुनौतीलाई पुरा गर्न पार्टी र सरकार सक्षम हुने गरि गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिन सफल हुनेछ भन्ने आशाका साथ कार्यदलाई बैठकले शुभकामना दिएको छ ।’

३० साउनमा नेकपाको विद्यमान आन्तरिक विवादको समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कमिटीको बैठक नराखी कार्यदल बनाएको भन्दै वरिष्ठ नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

प्रचण्डलाई सचिवालय बैठक बोलाउन उनीहरुले माग गरेका थिए । नेताहरूको माग मुताबिक नै सचिवालय बैठक राखेर कार्यदल गठनको निर्णयलाई अनुमोदन गरिएको हो ।

सचिवालय बैठकले पार्टी भित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिएको पहललाई पनि सकारात्मक रुपमा लिँदै स्वागत गरेको श्रेष्ठले जानकारी दिए ।

‘केही समययता हाम्रो पार्टीमा देखा परेको समस्या र त्यसको निकास दिने गरि भइरहेको छलफललाई व्यववस्थित ढंगले अगाडि बढाएर टुंगोमा पु¥याउन अध्यक्ष कमरेडहरु केपी शर्मा ओली र प्रचण्डले कार्यदल गठन गरेर सुझाव पेश गर्न जुन पहल गर्नु भयो, त्यसलाई बैठकले सकरात्मक रुपमा लिदै बैठकले स्वागत गर्ने निर्णय गरेको छ,’ उनले भने ।


कार्यदलले चाँडै सुझावसहित प्रतिवेदन बुझाएपछि पुनः सचिवालयमा त्यसबारे छलफल हुने नेता श्रेष्ठको भनाइ छ ।