२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

रास्वपाको वाचापत्र चुनावी नारा मात्र नभइ रुपान्तरणको मार्गचित्र : डा.लेखजंग थापा

आइतवार , फाल्गुण १०, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, १० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लेखजंग थापाले बुटवलका विभिन्न वडाहरूमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । आइतबारका बुटवल उपमहानगरपालिका–१४ को कैलाशनगरबाट सुरु भएको कार्यक्रम वडा नम्बर १४, १५ र १६ का विभिन्न टोलमा पुगेर सम्पन्न भएको थियो ।

    ‘आशा, भरोसा र विश्वास परिवर्तनको’ भन्ने नाराका साथ मतदाताको घरदैलोमा पुग्नुभएका थापाले स्थानीयबासीसँग प्रत्यक्ष संवाद गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा रास्वपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

    घरदैलोका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै डा. थापाले रास्वपाको वाचापत्र केवल चुनावी नारा मात्र नभइ रुपान्तरणको मार्गचित्र भएको बताउनुभयो । उहाँले जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता र सरकारी विद्यालयको गुणस्तर सुधार गरी विपन्न वर्गका बालबालिकाको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवाहरूलाई अनलाइन प्रणालीमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषि क्षेत्रको सुधारका लागि वैज्ञानिक नीति, शीत भण्डारणको निर्माण र ‘एक वडा एक उत्पादन’ नीतिलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो ।