२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

१८ जना युवाहरु राप्रपामा प्रवेश

आइतवार , फाल्गुण १०, २०८२

  • 316
    Shares
  • 316
    Shares
  • भैरहवा, १० फागुन । रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ६ का १८ जना युवाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा), नेपाल परित्याग गरी केही युवा तथा हाल कुनै पार्टीमा आबद्ध नभएका गरी १८ जना युवाहरु आइतबार राप्रपामा प्रवेश गरेका हुन् ।

    भैरहवास्थित राप्रपा जिल्ला पार्टी कार्यालयमा युवाहरुलाई राप्रपाकोतर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार क्याप्टेन गौरव बोहराले पार्टीमा स्वागत गर्नुभएको हो । स्वागतपश्चात उम्मेदवार बोहराले युवाहरुको राप्रपा रोज्ने निर्णय उपयुक्त भएको बताउनुभयो । उहाँले देशको विकास गर्ने एजेण्डा राप्रपासँग मात्र भएकाले पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।

    युवा नेता बोहराले रुपन्देही क्षेत्र नम्बर ३ को विकास गर्ने अठोटका साथ  चुनावी मैदानमा उत्रिएकोले एकपटक आफूलाई अवसर दिएर दिन समेत आग्रह गर्नुभयो । उहाँहरुले युवाहरुले उठाउँदै आएका माग राप्रपाले मात्रै सम्बोधन गर्न सक्ने दावी गर्नुभयो ।