२०८३, भाद्र १६ गते

Sep 01 2026 | २०८३, भाद्र १६ गते

तथ्यांक प्रदायक संस्था तथा व्यक्तिहरुसँग अन्तरक्रिया

मंगलवार , फाल्गुण १२, २०८२

  • 910
    Shares
  • 910
    Shares
  • भैरहवा, १२ फागुन । तथ्यांक समन्वय कार्यालय रुपन्देहीको आयोजनामा सोमबार तथ्यांक प्रदायक संस्था तथा व्यक्तिहरुसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यालय प्रमुख विपिन कुमार पंजियारको अध्यक्षतामा भएको कार्यक्रममा तथ्यांक अधिकृत नन्दलाल कुर्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तथ्यांक सम्बन्धी सरोकारवालाहरुको सहभागीता थियो । 

    कार्यक्रममा तथ्यांकको महत्व र प्राप्तीको श्रोत, आधिकारिक तथ्यांक, तथ्यांक सम्बन्धी गोपनीयता, तथ्यांक सम्बन्धी नीतिगत व्यवस्था, राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांकीय क्रियाकलापहरु, नियमित कार्यक्रम सम्बन्धी क्यालेण्डरका बारेमा, त्रैमासिक औद्योगिक सर्वेक्षणको प्रश्नावली, त्रैमासिक राष्ट्रिय लेखा सर्वेक्षणको प्रश्नावली, राष्ट्रिय तथ्यांक कार्यालयका नतिजा तथा प्रकाशनहरुका बारेमा प्रस्तुतीकरणसहित छलफल तथा अन्तक्रिया गरिएको थियो ।