
सोमवार , बैशाख २०, २०७८
बुटवल, २० बैशाख ।
लुम्बिनी प्रदेश सरकारको विपक्षमा रहेको संयुक्त गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई आफूहरुले खारेज गरेको घोषणा गरेका छन् । प्रदेश प्रमुखले बुहमत माथी दमन गरि अल्पमतमा रहेका पोखरेललाई नियुक्त गरेको भन्दै उनीहरुले खारेजीको घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मूख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणा गरेका छन् ।
बहुमतको गठबन्धनको तर्फबाट सपथ ग्रहण रोक्न निवेदन दर्ता भई जाँचबुझ गर्न माग गरेको अवस्थामा प्रहरी दमन गरि अल्पमतलाई मूख्यमन्त्री नियुक्त गरेको उनिहरुको आरोप छ । यस्तै प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरुको विशेषाधिकार हनन् गरि संसदीय प्रकृया पूरा नै नगरि विशेष अधिवेशन आव्हान गरेकै दिन अन्त्य गरिएकोमा रोष ब्यक्त गरेका छन् ।
प्रदेश प्रमुखको यो कदम असंवैधानिक, पदीय मर्यादा विपरीत र गैर जिम्मेवार रहेको भन्दै ती दलहरुले प्रदेश प्रमुखलाई बर्खास्त गर्न समेत माग गरेका छन् । नेपाली कांग्रेसका दल नेता बिरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्रका दल नेता कुल प्रसाद केसी, जसपाका दल नेता सहसराम चौधरी र राजमोकी तारा जिसीद्वारा जारी प्रेस विज्ञप्तीमा मूख्यमन्त्रीमाथी अपराधिक आरोप लगाएको छ ।
मूख्यमन्त्रीले प्रदेश सभा सदस्य विमला कुमारी वलीको किर्ते दस्तखत गरि संसदीय दलको निर्णय गरेको आरोप लगाएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसिले आफुहरुले बहुमतलाई बेवास्ता गरेर अल्पमतको पार्टीको ब्यक्तिलाई मुख्यमन्त्री बनाएको प्रती आक्रोश ब्यक्त गरे ।
उनले भद्दा मजाक नाटक, लोकतान्त्रको उपहास, संविधानको उल्लगंघन भएको टिप्पणी गरे । उनले मान्छे नै नभएको ब्यक्तिको हस्ताक्षर गरेर बहुमत गरेको बताउदै किर्ते र झुटको राजनिती पोखरेलले गरेको बताए । लाेकतन्त्र र संविधानकाे रक्षाकाे लागि ऐतिहासिक गठबन्धन बनेकाे उनले बताए ।
नेपाली काङ्ग्रेसका संसदीय दलका नेता विरेन्द कनाैडियाले प्रदेश प्रमुखलाई तत्काल बर्खास्त गर्न माग गरे । उनले महिला प्रदेशसभा सदस्यको सवेदनहिल अंग अगमा हातपात गर्ने दाेष माथि छानविन गर्न माग गरेकाे छ ।
अल्पमत अराजनीतिक तरिकाले सपथ प्रजातन्त्रकाे ईतिहासमा कालाे टिकाे लगाएकाे बताउदै नियम कानुन मिचेर सत्तामा टासिएकाे बताए । उनले तानाशाही शासन चलाएकाे आरोप समेत लगाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij