२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

भ्याट, अन्तशुल्क तथा विद्युत महशुल दाखिलाको समयावधी थप गर्न माग

सोमवार , बैशाख २०, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २० वैशाख ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर एवं विद्युत महशुल दाखिलाको समयावधि विद्यमानको अवस्था सहज नभएसम्मको लागि थप गर्न माग गरेको छ । संघले उक्त अवधिभरको जरिवाना मिनाहाको व्यवस्थाका लागि सम्बन्धित निकाय समक्ष अपिल समेत गरेको छ ।

    संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान समयमा कोरोना भाइरस संक्रमणबाट कतिपय उद्योगी, व्यवसायी, कर्मचारी स्वयं संक्रमणको कारण अस्पताल लगायत आइसोलेशनमा बस्नुपर्ने बाध्यताका कारण उद्योग व्यवसाय ठप्प रहेको र जोखिम तथा त्रासका कारणले आर्थिक गतिविधिमा गिरावट एवं आयात निर्यातमा असहजता आएको छ ।’

    समग्र वस्तुस्थितिलाई ध्यानमा राख्दै उद्योग/व्यवसाय क्षेत्रको राहतको लागि मूल्य अभिवृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर एवं विद्युत महशुल दाखिलाको समयावधि विद्यमानको अवस्था सहज नभएसम्मको लागि थप गर्नुपर्ने संघका कार्यवाहक अध्यक्ष श्रेष्ठको भनाइ छ ।
    181343238_599116181481075_5655038999184814719_n.jpg