२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

लुम्बिनीका युवा मतदाता भन्छन् : गुणस्तरीय शिक्षा दिनेलाई भोट

बुधवार , फाल्गुण १३, २०८२

  • 76
    Shares
  • 76
    Shares
  • रुपन्देही, १३ फागुन । रुपन्देहीको क्षेत्र नम्बर ५ भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर सैनामैनासम्म फैलिएको छ । मिश्रित समुदाय र भुगोलले घेरिएको रुपन्देही ५ मा ५ वटा पालिकाका ३२ वडा समाबेश रहेका छन् । चर्चाको हिसावले लुम्बिनी सास्कृतिक नगरपालिका बिश्वमै चर्चामा रहेपनि शिक्षामा भने निकै कमजोर अबस्थामा रहेको छ । यहाँका मतदाताले शिक्षाको गुणस्तर र उच्च शिक्षामा ध्यान दिन सक्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । 

    ५ वटा पालिका सम्मेलित रुपन्देहीको क्षेत्र नम्बर ५ मा लुम्बिनी सास्कृतिक नगरपालिका भित्रका १० वटा वडा पर्दछन्। पर्यटकिय र पुरातात्विक हिसावले लुम्बिनी बिश्वमाझ परिचित रहेको छ । तर, शिक्षाका हिसावले हेर्ने हो भने नगरपालिका क्षेत्र भित्रको अबस्था निकै कमजोर रहेको छ । यहाँका मतदाताले उच्च शिक्षाको पहुंच र गुणस्तरिय शिक्षा दिलाउन पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । 

    लुम्बिनी सास्कृतिक नगरपालिका पडरियाका राजदीप सिंह क्षेत्रीले नगरपालिका भित्र बिद्यालय तहदेखि उच्च शिक्षाका लागि गुणस्तरिय शिक्षा उपलब्ध हुन नसक्दा बिद्यार्थीहरु बुटवल तथा भैरहवा जानु परेको बताउनु भयो । उहाँले मत माग्नु आउने सांसदका उम्मेदवारहरुलाई शिक्षा सुधारको एजेण्डा लिएर आउन आग्रह गर्नुभयो । 

    त्यस्तै लुम्बिनीकै सुनिता हरिजनले गुणस्तरिय शिक्षामा जोड दिने उम्मेदवारलाई युवा बिद्यार्थीले मत दिने बताउनु भएको छ । लुम्बिनी क्षेत्रमा स्तरिय शिक्षा नहुँदा यहाँका बिद्यार्थीको उत्तिण दर निकै कमजोर रहेको भन्दै शिक्षा सुधारमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । 

    लुम्बिनी सास्कृतिक नगरपालिका भित्र ३२ बटा सामुदायिक, २९ वटा संस्थागत, ३८ वटा परम्परागत तथा धार्मिक र ८ वटा सामुदायिक सिकाई केन्द्र गरी १०७ वटा शैक्षिक सस्था रहेका छन्  । यहाँ एउटा स्नातक सम्म अध्ययन हुने क्याम्पस रहेको छ । बिद्यालय संख्याका हिसावले माथि रहेपनि शैक्षिक गुणस्तर र उत्तिण दरमा भने लुम्बिनी सास्कृतिक नगरपालिका निकै तल रहेको छ ।

    यस पालिकामा मात्रै ३४६ जना बालबालिका अहिले पनि बिद्यालय बाहिर रहेका छन् । लुम्बिनी सास्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीप्रसाद ज्ञवालीले शिक्षक दरबन्दी, अभिभावकमा चेनताको अभाव लगाएतका कारण शैक्षिक गुणस्तर चाहे अनुरुप सुधार हुन नसकेको उल्लेख गर्नुभयो । २०८१ सालको नजिता अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका भित्र आधारभुत तर्फ ७८ दशमलव ७८ प्रतिशत उत्तिण हुदा माध्यामिक तह अर्थात कक्षा १० मा ४० दशमलव ३७ प्रतिशत मात्र उत्तिण भएका छन् ।

    रुपन्देही ५ मा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरुले शिक्षा क्षेत्रको समग्र बिकासको मुद्धालाई पहिलो प्राथमिकता राखेर अगाडि बढेको बताउनु भएको छ । मानिसको चेतनामा बिकास गर्न सके समाज र देश बिकास गर्न सकिने भएकाले शिक्षा क्षेत्रको बिकास गर्ने एजेण्डा कार्यन्वयनमा बिशेष जोड दिनुपर्ने देखिन्छ ।