बुधवार , फाल्गुण १३, २०८२
पाल्पा, १३ फागुन । नेकपा (एमाले) तिनाउ, पाल्पाले चुनावी कोणसभा र घरदैलो अभियानलाई तीव्रता दिएको छ । सोही अभियानको क्रममा तिनाउको वडा नम्बर १, २ र ३ का कचलफाँट, झिंगामारा, ठूलीढदाङ, बुटीकोट, ओखलढुंगा, ताल, डोल, लामाचौपारी, झुम्सा, बेरुवा र चौकीभञ्ज्याङ्गमा कोणसभा एवम् घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार ठाकुर गैरे, समानुपातिक उम्मेदवार ओमबहादुर घर्तीमगर, प्रदेश कमिटी सदस्य दलबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य पिएस श्रेष्ठ, सावित्रा गुरुङ,गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, सचिव विकास अर्याल, लक्ष्मण कुमाललगायतले एमालेलाई पुनः विजयी गराउन मतदाताहरुसँग अनुरोध गर्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा नेकपाका केन्द्रीय प्रतिनिधि एवम् साविक दोभान गाविसका जनसरकार प्रमुख भुवन जिसी एमालेमा समाहित हुनुभएको छ । उहाँलाई उम्मेदवारहरु ठाकुर गैरे र ओमबहादुर घर्तीमगरले स्वागत गर्नुभएको थियो । नवप्रवेशी जीसीले नेकपा एमाले राष्ट्रवादी शक्ति रहेकोले आफूले एमाले रोजेको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij