२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु, ७३ नयाँ संक्रमित थपिए

सोमवार , बैशाख २०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, वैशाख २०

    पाल्पामा २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ७३ जना नयाँ संक्रमित  थपिएका छन् ।

    आइतबार बेलुकी रम्भा गाउँपालिका–३, पिपलडाँडाका ७८ वर्षीय पुरुष र रामपुर नगरपालिका–१० गेझाका ५७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए।

    पाल्पामा एकै दिन ७३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना संङ्क्रमणको दोस्रो लहर सुरुभए देखिकै सबै भन्दा बढी संक्रमित भेटिएका हुन । जिल्लामा ९७ जनामा परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

    संक्रमित हुनेहरुमा तानसेनका ४८ जना,निस्दी, तिनाउ र रामपुरका २/२ जना, बगनासकाली र पूर्बखोलाका ५/५ जना,रैनादेबी छहरा र रम्भाका १/१ जना, रिब्दीकोटका ४ जना र माथागढीका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    यो संगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४ सय ८४ पुगेको छ । भने कोरोना संक्रमणकै कारण ४२ जनाको मृत्यु भएको छ । मृतक दुवैजना पुरुषकाे मिसन अस्पताल पाल्पामा उपचाररत दुवै पुरुषको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो। मृतक रम्भाका ७८ वर्षीय पुरुषमा मुटु सम्बन्धि समस्या रहेको बताईएकाे थियाे ।

    ७८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो भने अर्का पुरुषलाई मिसन अस्पतालले उपचारपछि घरमा पठाएको थियो। पाल्पा जिल्लामा ४ सय ३६ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।