२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

३८ बर्षे उमेरमा संसद छिर्ने दाउँमा खान, परिवर्तनको लहरले चुनावी दौडमा अगाडि

शुक्रवार , फाल्गुण १५, २०८२

  • 190
    Shares
  • 190
    Shares
  • भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ५ भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तरमा सैनामैना नगरपालिकासम्म फैलिएको छ । ५ वटा पालिकाका ३२ वडामा फैलिएको रुपन्देही ५ मा २७ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । क्षेत्र ५ मा लुम्बिनी सास्कृतिक नगरपालिका, मायाँदेवि गाँउपलिका, गैडहवा गाँउपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडा समेटिएका छन् ।

    रुपन्देही ५ मा चुनावी मैदानमा रहेका उम्मेदवार मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तौफिक अहमद खान सानै उमेरमा संसद भवन दाउमा रहनु भएको छ । ३८ बर्षिय युवा उम्मेदवार खानले देशमा देखिएको परिवर्तनको लहर, नागरिकले चाहेको सुशासन, भ्रष्ट्रचार नियन्त्रणका लागि जनताले प्रतिनिधिको रुपमा अनुमोधन गर्ने तयारीमा रहेको स्थानिय मतदाता बताउछन् । 

    लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ८ का एक मतदाताले ठुला पार्टीहरुले नागरिकमा पारेको चरम निरासाका कारण यस पटक रास्वपाले चुनावी परिणाम आफ्‌नो पक्षमा पार्ने बताउनु भयो । ‘हामीलाई काम गर्ने मान्छे चाहिएको छ, त्यो पनि युवा जसले आम मतदाताको कुरा बुझ्‌न सकोस, चुनाव जितेपनि हारेपनि जनताकै माझमा रहने व्यक्तिलाई हामी चुनेर पठाउदै छौं, उहाँले भन्नुभयो (‘तौफिक अहमद खान जस्तो पढेलेखेको र समाज बुझेको व्यक्तिलाई उम्मेदवारको रुपमा पाउदा हामी निकै उत्साहित छौं ।’ पुराना पार्टीका पुराना नेताका कारण रास्वपालाई रुपन्देही ५ मा युवा उम्मेदवार खानलाई जित निकाल्न सहज रहेको मतदाताहरुको भनाई छ । 

    रुपन्देही ५ मा पर्ने पालिकाहरु मध्ये लुम्बिनी सास्कृतिक नगरपालिका, गैडहवा, कञ्चन र सैनामैना नगरपालिकामा रास्वपाको बलियो पकड रहेको स्थानियहरु बताउछन् । स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म नीति तथा परियोजनाका अनुभवी खानले विश्व शान्ति कार्यक्रम र अन्तर्राष्ट्रिय समन्वयको नेतृत्व गरिसक्नु भएको छ । 

    राजनीतिमा सक्रियता र लामो अनुभव नभए पनि जनताका माझमा भने निकै लोकपृय हुनुहुन्छ । पछिल्लो समय निर्माण व्यवसायमा क्रियाशित उम्मेदवार खानले प्रत्यक्ष र अप्रत्यक्ष गरी सयौं जनालाई रोजगारी दिनुभएको छ । युवामाझ निकै लोकपृय, सालिन स्वभावका धनी खान जनतामाझ छिट्टै भिज्न सक्ने व्यक्तिको रुपमा ख्याति कमाउनु भएको छ । 

    २०४३ सालमा रुपन्देहीको भैरहवामा जन्मनु भएका खान पछिल्लो कहि समय यता लुम्बिनीमा रहेर काम गरिरहेको बताउनुभयो । उच्च शिक्षा, अन्तर्राष्ट्रिय अनुभव, वातावरण र नगर विकासमा सक्रिय रहनु भएका खान नयाँ पुस्ता र वैकल्पिक शक्तिको प्रतिनिधि बन्ने दाउमा रहनु भएको छ । 

    भारतको पाण्डिचेरी विश्वविद्यालय बैंगलोरबाट मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) उत्तीर्ण गर्नुभएका खानले दिल्ली विश्वविद्यालयबाट ब्याचलर अफ कमर्स (बीकम) पूरा गर्नुभएको थियो । 

    तौ.jpg

    लुम्बिनी सांस्कृतिक नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रणनीतिक सल्लाहकार भएर काम गरेका खान वातावरणीय तथा कार्बन नीतिका जानकारका रुपमा परिचित हुनुहुन्छ । लुम्बिनी रहेको स्थानीय संस्था ग्रिन युथ फाउन्डेसनका सल्लाहकार समेत रहनु भएका उहाँ वातावरण र नगर विकासमा सक्रिय रहनु भएको थियो । 

    विश्व शान्ति कार्यक्रम (लुम्बिनी) को समन्वयकर्ता खान वातावरणीय नीति, हरित पूर्वाधार, कार्बन न्यूनीकरण र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा रणनीतिक भूमिका निर्वाह गर्दै आउनु भएको छ । नगरपालिकासँगको सहकार्यमा काम गर्दा उहाँले फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा, सार्वजनिक सम्पत्ति संरक्षण र सांस्कृतिक पर्यटनलाई प्राथमिकता दिदै आउनु भएको थियो । 

    नेपालमा जालोको रुपमा फैलिएको भ्रष्टचार नियन्त्रण र सुशासनका पक्षमा भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा खान सक्रिय रुपमा सहभागि हुनुभएको थियो ।  रास्वपाका वरिष्ठ नेता बालेन शाहका निकट मानिने खान रास्वपाको उम्मेदवार बनेपछि क्षेत्र नम्बर ५ मा सबैको मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ । 

    यो क्षेत्रमा खानले नेकपा एमालेका खिमलाल भट्टराई, नेपाली कांग्रेसका भरतकुमार शाह, जनमत पार्टीका ओमप्रकाश यादव गुल्जारी लगायतसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । १ लाख ३४ हजार ४४२ मतदाता रहेको क्षेत्र नम्बर ५ मा मिश्रित समुदायको बसोबास रहेको छ ।